मैदानमा कहिले फर्किन्छन् नेइमार ?
काठमाडौं। ब्राजिलका फुटबलर नेइमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन्।
गतबर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारले गोप्य रुपमा आफ्नो इन्जुरिबाट फर्किन तयारी गरिरहेको भएपनि उनी कहिले देखि मैदानमा फर्किन्छन् भन्ने स्पष्ट भएको छैन।
३२ बर्षीय नेइमार साउदी क्लब अल हिलालमा गएपनि केवल ५ खेल खेलेका छन् र एक गोल मात्र गरेका छन्।
यस अघि सेप्टेम्बर वा बढीमा अक्टोबरसम्म नेइमार पूर्ण रुपमा फिट हुने बताइएको थियो। नेइमारले पनि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ‘वर्क इन् साइलेन्स’ भन्दै ऊनी २०२४ मा मैदानमा नदेखिने रिपोर्टको जवाफ दिएको बुझिएको छ।
नेइमारले हाल अल हिलालको रिह्याब सेन्टरमा कडा मिहिनेत गरिरहेको बताइएको छ।
यसैबीच अल हिलालले भने नेइमारलाई जनवरीसम्म आफ्नो साउदी प्रो लिगको टिमबाट बाहिर राखेको छ । अल हिलालले नेइमारलाई एशियन च्याम्पियन्स लिगको टिममा भने समावेश गरेको छ। लिगमा ८ विदेशी खेलाडी मात्र राख्न पाउने भएका कारण नेइमारलाई टिम बाहिर राखिएको बताइएको छ । अल हिलालले नेइमार ठिक भएपनि साउदी लिगमा जनवरीपछि मात्र खेलाउने संकेत देखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment