प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा, प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समुहलाई शुभकामना दिएका छन्।
इ. प्रा डा विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे।
‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन। यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ। तपाईँहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment