प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएका पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

डिसी नेपाल
२५ भदौ २०८१ २१:४८
48
Shares

मोरङ।। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन्।

आज अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिइ घर पुर्‍याइएको थियो।

‘निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिइ उहाँकै घर लगेर छाडिएका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ’, उनले भने।

दश वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्नेलगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले आजदेखि अनसन सुरु गरेका हुन्।

कार्कीले आज अपराह्न ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *