एन्फा महिला लिग: पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित

डिसी नेपाल
२६ भदौ २०८१ १६:३४
48
Shares

काठमाडौं। एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ। जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरेको हो। शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ। प्रतियोगितामा पहिलो हार बेहोरेको कोशी नौ अंक जोड्दै दोस्रो स्थानमा छ।

पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे। पुलिसले खेलको २४औँ मिनेटमा अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। खेलको ४६औँ मिनेटमा पुलिसकी निर्मलाले गोल गरिन्।

यस्तै खेलको ८०औँ मिनेटमा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्‍याइन्। त्यसपछी खेलको ८८औँ मिनेटमा अमृताले गोल गरेर पुलिसलाई ४–० गोलको जित दिलाइन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *