बलिवुड अभिनेत्री मलाइका अरोराका बुबाको सातौं तलाबाट खसेर मृत्यु
काठमाडौं। अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ।
अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे। प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
घटना लगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाइएको छ। घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment