चलचित्र पत्रकारहरुका लागि पोखरामा तीन दिने कार्यशाला गरिने

डिसी नेपाल
२७ साउन २०७६ १५:४०

काठमाडौं। चलचित्र पत्रकार संघ, नेपालले आउँदो भदौंमा तीन दिने ‘वृहत चलचित्र पत्रकारिता कार्यशाला’ आयोजना गर्ने भएको छ।

संघले चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको लागि भदौं १८, १९ र २० गते पोखरामा कार्यशाला गर्न लागेको हो।

आईतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले चलचित्र विकास बोर्डसंगको सहकार्यमा कार्यशाला आयोजना गर्ने निर्णय गरेको हो।
संघका महासचिव अनिल यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा चलचित्र विधासंग जोडिएर पत्रकारिता गरिरहेका पत्रकारहरु सहभागी हुन सक्ने जनाइएको छ।

सभागिताका लागि ईच्छुकले भदौं १० गतेभित्र संघको कार्यालयमा नाम दर्ता गरिसक्नु पर्ने विज्ञप्तीमा उल्लेख छ । सहभागी शुल्क १५ सय रुपैयाँ निर्धारण गरिएको छ।

कार्यशालाबारे विज्ञप्तीमा लेखिएको छ, ‘चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गर्न लागिएको यो कार्यशाला सक्रियतापूर्वक चलचित्र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि उपलब्धिमुलक हुने संघको अपेक्षा छ । कार्यशालामा सम्बन्धित विधामा दक्ष पत्रकारहरुले पत्रकार आचारसंहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता हिजो र आज, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडिया लगायत विषयमा प्रशिक्षण दिनेछन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *