साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले साउथहम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडको जितमा माथिस डि लाइट, मार्कस राशफोर्ड र अलेक्जेन्डर गार्नाचोले एक एक गोल गरेका थिए।
यस खेलमा खेलको ७९औं मिनेटमा ज्याक स्टेपहेन्सले रातो कार्ड पाएपछि साउथहम्पटन १० खेलाडीमा सिमित भएको थियो।
यो म्यानचेस्टर युनाइटेडको यस सिजनमा दोस्रो जित हो। चार खेलमा दुई खेल हारेको म्यानचेस्टर युनाइटेडको ६ अंक भएको छ। त्यस्तै साउथहम्पटनले भने अहिलेसम्म यस सिजनका चारै खेलमा हार बेहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment