प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

डिसी नेपाल
४ असोज २०८१ १७:४४
40
Shares

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

शुक्रबार जंगी अड्डामा भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *