ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

डिसी नेपाल
५ असोज २०८१ १०:४९
772
Shares

काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन्।

हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन्।

सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । फिल्मको छायांकन आगामी मंसिरमा गरिने बताइएको छ।

फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ। फिल्म सन् २०२५ मा रिलिज हुनेछ। अहिले ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन भ्याउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *