रोनाल्डो बिना अल नासर विजयी
काठमाडौं। अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ।
गएराति सम्पन्न खेलमा अल नासरले अल हाजमलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो।
अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक एक गोल गरेका थिए। त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए।
यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment