अस्ट्रेलियामाथि इङ्ल्याण्डको जित

डिसी नेपाल
९ असोज २०८१ ८:२१
68
Shares

काठमाडौं। जारी एकदिवसीय सिरिजमा इङ्ल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो।

यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो। त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो।

त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो। इङ्ल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाएका थिए।

इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ। ५ खेलको सिरिजमा २-१ ले अस्ट्रेलिया अगाडि रहेको छ। अब सिरिजको चौथो खेल शुक्रबार हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *