अञ्जु पन्तले बाँडिन् दलित विद्यालयमा झोला र पोशाक
काठमाडौं। गायिका अञ्जु पन्त पछिल्लो समय गायन संगसंगै ‘अञ्जु पन्त फाउण्डेशन’मार्फत समाजसेवामा पनि सक्रिय छिन्।
पछिल्लो समय उनी पर्सा पुगेर बालबालिकालाई झोला र पोशाक वितरण गरेकी छन्।
गत शुक्रबार पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिका महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत २ सय बालबालिकालाई २ लाख ३० हजार रुपैयाँ बराबरको झोला र पोशाक वितरण अञ्जुले जानकारी दिइन्।
दलित समुदायको बाक्लो बस्ती रहेको उक्त गाउँपालिकाको दलित विद्यालयमा हाल २ सय १० विद्यार्थी सङ्ख्या भए पनि नियमित रूपमा २ सय विद्यार्थी विद्यालय आउने गरेकाले त्यति नै सङ्ख्यामा सामाग्री वितरण गरिएको फाउन्डेशनका कोषाध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए।
विशेष गरेर विद्यालय भर्ना हुने र छाड्नेको सङ्ख्या बढ्दै गएको अवस्थामा यस प्रकारका सहयोगले स्कूलप्रतिको आकर्षण बढ्ने फाउन्डेशनको अपेक्षा रहेको कोषाध्यक्ष घिमिरेले बताए।
बालबालिकालाई विद्यालय जानका लागि ऊर्जा दिन साथै विपन्नताका कारण खड्किएको समस्याको सानो अंश भए पनि पूरा गर्ने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको गायिका अञ्जुले बताइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment