कमिन्दुको कीर्तिमानी ब्याटिंगमा न्यूजिल्याण्डविरुद्ध श्रीलंकाको उत्कृष्ट शुरुवात
काठमाडौं। श्रीलंका ब्याट्सम्यान कमिन्दु मेन्डिसले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन्।
कमिन्दुले न्यूजिल्याण्डविरुद्धको जारी दोस्रो टेस्टमा अर्धशतक बनाउदै आफु खेलेका आठ टेस्ट खेलमा नै अर्धशतक प्रहार गर्ने नयाँ किर्तिमान बनाएका छन्। टेस्ट क्रिकेटमा यस अघि कुनै पनि ब्याट्सम्यानले यस्तो गर्न सकेका थिएनन्।
कमिन्दुले पहिलो दिनको खेल सकिदा ५१ रन बनाएर अविजित रहेका छन्। श्रीलंकाले टस जितेर ब्याटिंग गरेको यस टेस्टको पहिलो दिन ३ विकेट गुमाएर ३०६ रन बनाएको छ। श्रीलंकाका एन्गोलो म्याथ्युज ७८ रन बनाएर खेलिरहेका छन्। यस टेस्टमा दिनेश चान्डिमलले ११६ रनको शतकीय पारी खेलेका थिए भने दिमुथ करुनारत्ने ४६ रन बनाएर आउट भएका थिए।
२ खेलको टेस्ट सिरिजमा पहिलो खेल जितेको श्रीलंकाले दोस्रो खेलमा पनि शानदार शुरुवात गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment