अमेरिकामा ‘गाईजात्रा हास्यव्यङ्ग्य महोत्सव’ हुँदै
न्यूयोर्क । नेपालमा राष्ट्रिय पर्वको रुपमा मनाइने गाईजात्राको अवसरमा अमेरिकामा पहिलो पटक टुटुल्को डटकमले गाईजात्रा हास्यव्यङ्ग्य महोत्सव ’ कार्यक्रमको आयोजना गर्ने भएको छ।
सामाजिक एवं राजनैतिक समसामयिक विषयमा हास्यब्यंग्य ब्लगमार्फत सामुदायिक अनलाइन मिडिया संचालन गर्दै आइरहेको टुटुल्को डटकमको यो कार्यक्रम न्यूयोर्कलगायत अमेरिकाको नेपाली समुदायले प्रतीक्षा गरिरहेको बताइएको छ।
यही अगष्ट १७ तारिख शनिबार दिनको ठिक २ बजे देखि ४ बजे सम्म न्यूयोर्कको १००–०१ नर्दर्न ब्लुभार्ड कोरोनास्थित क्विन्स पब्लिक लाइब्रेरीमा आयोजना हुने आयोजक ज्योतिकुमार श्रेष्ठले जानकारी दिए।
।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment