एएफसी यू-२०ः नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनोट हुन असफल
काठमाडौं। एएफसी यू-२० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४(० ले पराजित भएको हो। यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ।
नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो।
त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment