आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

डिसी नेपाल
११ असोज २०८१ १७:४७
52
Shares

चितवन। नारायणगढ–मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।

बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो।

यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ।

शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौं सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स–साना पहिरो जादा सडक अवरुद्ध बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *