महिला लिगमा एपिएफले बागमतीलाई हरायो
काठमाडौं। एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपिएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो।
एपिएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्। त्यस्तै अनिता बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट प्राप्त गरेको थियो।
जितसँगै ९ खेलमा २५ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ। पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment