लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

डिसी नेपाल
११ असोज २०८१ २१:५९
16
Shares

काठमाडौं। सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ।

इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

दुताबासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्वजनिक गरेको छ।

यस्तो छ सम्पर्क ठेगाना

कायरो

इमेलः [email protected]
सम्पर्क व्यक्तिः
दीपक घिमिरे, द्वीतिय सचिव
फोन नं. +201097772348 (WhatsApp)

माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 (WhatsApp)

बेरुत

इमेलः [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
फोन नं. +9613301181/+96171688821/+96181883713

साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ ।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण शुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *