प्रधानमन्त्रीको राजीनामा माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
२८ साउन २०७६ १५:१९
4
Shares

काठमाडौ। संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित भएको भन्दै लोकसेवा आयोगको विज्ञापन विरुद्ध मंगलबार बालुवाटारमा प्रदर्शन गरिएको छ।

असमावेशी विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔं आन्दोलनले केही महिनादेखि विभिन्न प्रदर्शनका कार्यक्रमहरु गर्दै आएका छन्।

मंगलबार पनि विभिन्न संघसंस्थाले यसको विरोधमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई खबरदारी गरी उनीहरुको राजीनामा समेत माग गर्दै नाराबाजी गरे।

यसअघि आइतबार प्रदर्शनकारीहरुले सिंहदरबारको मूल ढोका अगाडि रहेको भद्रकालीमा पनि विरोध प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले उनीहरुलाई बल प्रयोग गरी नियन्त्रणमा लिएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *