पुराना कुरा त्यागे मात्र नयाँ उपलब्धि हासिल हुन्छ : मन्त्री पण्डित
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुराना कुराहरु त्यागे मात्र नयाँ उपलब्धि हासिल हुने बताएका छन्।
स्थानीय विकास पत्रकार समाजले आज आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना केही कुरालाई त्यागी अघि बढ्नुपर्ने बताएका हुन्।
उनले देशलाई आर्थिक समृद्धितिर लान आवश्यक छ, त्यसको लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए। राष्ट्रसेवक कर्मचारी दुर्गम स्थानमा रहेका जनताको सेवामा जान नमान्ने गरेको भन्दै उनले आगामी दिनमा त्यस्तो नहुने र मन्त्रालयले आवश्यकताअनुसार देशको जुन कुनामा पठाए पनि तयार रहनुपर्ने बताए।
कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संविधानलाई सफल बनाउन र मुलुकलाई समृद्धतिर लानको लागि कर्मचारी संविधानअनुसार परिचालन हुनुपर्नेमा जोड दिए।
प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सबैले आफ्नो जिम्मेवारी पूरा गरेमात्र संविधान कार्यान्वयन हुने धारणा राखे। आयोजक संस्थाका अध्यक्ष शिव रेग्मीले मुलुकलाई विकास र समृद्धितिर लाने हो भने स्थानीय र प्रदेश सरकारको हरेक काम कारवाहीमा सहकार्य र समन्वय हुनुपर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment