मालपोत कार्यालयकाे सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प

डिसी नेपाल
२८ साउन २०७६ २०:२८

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ।

मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुव्र्यवहार गरेका छन्।

रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुव्र्यवहार गरिएको छ।

कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा मालपोतको कम्प्युटर अधिकृत शिवराज पोखरेलले दुव्र्यवहार गरेको पत्रकार तमखुले बताए।

कम्प्युटर फाँटमा रहेका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *