एभरेष्ट महिला भलिबल लिगः काठमाडौंले चितवन हरायो
काठमाडौं। जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई ३-१ सेटले पराजित गरेको हो।
पहिलो सेटमा २५-२१ ले पराजित भएको काठमाडौंले खेलमा कमब्याक गर्दै त्यसपछि तिनै सेट लगातार जितेको थियो। काठमाडौंले दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो।
यो काठमाडौंको दोस्रो खेलमा पहिलो जित हो। त्यस्तै पहिलो खेलमा जित हासिल गरेको चितवनले दोस्रो खेलमा हार ब्यहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment