आजदेखि फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज
काठमाडौं। आजदेखि निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । एकल प्रदर्शनमा आएको फिल्मले दशैँ बिदाको फाइदा उठाउने देखिएको छ।
यस फिल्मले नेपाल फिल्मको इतिहासमै सर्वाधिक ३४० शोज पाएको छ। गत सोमबारदेखि नै मल्टीप्लेक्सहरुले ‘एड्भान्स बुकिङ’ खुला गरेकोमा फिल्मप्रति राम्रो क्रेज देखिएको छ। काठमाडौंमा केही शोज बुधबार नै ‘सोल्डआउट’ भएका थिए।
प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । फिल्ममा पनि उनले ट्याक्टर चलाएको दृश्य छ । प्रिमियरमा ‘बेहुली फ्रम मेघौली’ ले राम्रो प्रतिक्रिया पाएको छ।
फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ।
यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ। स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment