मोटरको तार जोडने क्रममा करेन्ट लागेर एकको मृत्यु

डिसी नेपाल
२२ असोज २०८१ १३:२६
96
Shares

रौतहट । रौतहटमा बिधुतिय मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाँउका प्रमोद महतोको छोरा २६ वर्षिय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

युवक अस्लोक कुमार आफ्नै खेतमा धान बालीमा पानी हालन जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागी उपचारको लागी शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याएकोमा चिकित्सकले चेकजाँच गएराती मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *