दैलेखमा गाडी दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२२ असोज २०८१ २०:५५
28
Shares

दैलेख। चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते भएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए। गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *