बबई नदीमा डुबेर बालकको मृत्यु

डिसी नेपाल
२२ असोज २०८१ २२:४८
16
Shares

तुलसीपुर। दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दङ्गीशरण निवासी नरेश खड्काका नौ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो।

दङ्गीशरण गाउँपालिका–४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए। डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकाका भने सकुशल उद्दार गरिएको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए। खोजी कार्यपछि करिब ३ः३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *