दसैंमा लिंगे पिङ चचहुई… (तस्बिरहरू)
काठमाडाैं। नेपालीहरूको महान् पर्व दसैंमा राम्रो खाना र नानासँगै मानिसहरूले विभिन्न किसिमका पिङ खेलेर मनाउने गर्छन्। दसैंमा टिकासंगै पिङ खेलेर धर्ति छोड्नु पर्छ भन्ने पनि गरेको पाइन्छ। त्यसैले पनि पिङको बेग्लै महत्व छ।
गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन छ। तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ।
तैपनि काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अद्यावधि छँदैछ। हेराैं केही तस्विर:



No ads found for this position
प्रतिक्रिया


Facebook Comment