समृद्धिको सपना देखाएर सरकारले मनोमानी ढंगले कर वृद्धि गरेको डा. महतको आरोप

डिसी नेपाल
१ भदौ २०७५ १४:०१

पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले समृद्धिको सपना बाँडेर सरकारले मनोमानी ढंगले कर वृद्धि गरेको आरोप लगाएका छन्।

संवैधानिक व्यवस्था र विधानलाई कुल्चेर अघि बढ्ने सरकारका क्रियाकलापले विरोधमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताए।

आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आर्थिक समृद्धिको सपना बाँडेर निर्वाचित सरकारले स्थानीय तहबाटै मनोमानी किसिमले कर वृद्धि गरेको आरोप लगाए।

नेता डा. महतले स्थानीय तहले लिन थालेको सेवा शुल्क तथा करले जनता मारमा परेको र सङ्घीयताको मर्म, क्षेत्राधिकार, मौलिक हकलाई सरकारले ध्यान नदिएको बताए।

काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनतालाई मार पर्ने गरी आवश्यकता र औचित्यविना करको दर वृद्धि नगर्न निर्देशन दिइएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *