तनहुँमा समानान्तर समिति बनाउनेलाई काँग्रेसले कारबाही गर्ने
काठमाडौं। नेपाली काँग्रेसले तनहुँमा समानान्तर समिति बनाउनलेलाई कारबाही गर्ने भएको छ। नेता गोविन्दराज जोशी समूहले तनहुँमा समानान्तर समिति बनाएर कार्यालय स्थापना गरेपछि काँग्रेस केन्द्रीय समितिले समानान्तर समिति बनाउनेलाई कारबाही गर्ने निर्णय गरेको हो।
यद्यपी यस्तो कारबाहीको सिफारिस गर्ने जिम्मेवारी काँग्रेस अनुशासन समितिलाई दिइएको छ । नेता जोशीविरुद्ध अनुशासन समितिमा उजुरीसमेत परेको छ । भिष्मराज आङदम्बे संयोजक रहेको अनुशासन समितिले तनहुँबारे निर्णय लिने छ।
काँग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकले बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहेको जिल्ला कार्य समितिलाई वैधानिकता दिएको छ । अन्य कुनै समिति बनाउनुलाई गम्भीर अनुशासन उल्ल्ंघन भनेको छ ।
नेता जोशी समूहले डिल्लीराम अधिकारीको संयोजकत्वमा समानान्तर समिति बनाएको थियो। केन्द्रीय कार्यसमितिको बुधबाको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरेका थिए । बैठकमा अनुशासन समितिका संयोजक भिष्मराज आङदम्बेले समितिको प्रतिवेदन पेश गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment