थप्रेक दौड प्रतियोगितामा मगर प्रथम
दमौली। यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आज आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन्। दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै मगरले उपाधि जितेका हुन्।
उक्त दूरी ३७ मिनेट १८ सेकेण्डमा पार गर्दै स्थानीय अनमोल गुरुङ द्वितीय र ३८ मिनेट १८ सेकेण्डमा पार गर्दै आरोह गुरुङ तृतीय भए। ओखल्दीबाट सुरु भएको दौड ठाँटी, थप्रेक, काठीपिपल, राम्दी हुँदै गैरीस्वारा पुगेर टुङ्गिएको थियो। प्रतियोगितामा ३० जनाले प्रतिस्पर्धा गरेका थिए। क्लबका अध्यक्ष लोकबहादुर गुरुङकाअनुसार विजेताले क्रमशः रु १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment