रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्दा दायर

डिसी नेपाल
४ कार्तिक २०८१ ८:३५
88
Shares

काठमाडौं। बलिवुडका निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजा र उनकी श्रीमती लिजेल डिसुजाविरुद्ध महाराष्ट्रमा १२ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ। मुम्बईमा डिसुजा दम्पतिसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ।

मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो। रेमो, लिजेल र पाँच जनाविरुद्ध उजुरीकर्ता र उनको समूहलाई सन् २०१८ र जुलाई २०२४ को बीचमा कथित रूपमा ठगी गरिएको उल्लेख छ।

उक्त समूहले टेलिभिजन कार्यक्रममा प्रस्तुति दिएर जितेको र आरोपितले उक्त समूह आफूकै भएको भन्दै १२ करोड पुरस्कार रकम दाबी गरेको बताइएको छ।

रेमो डिसुजा २००९ देखि कैयौं डान्स रियालिटी शोमा जज पनि छन्। उनी डान्स इन्डिया डान्स, झलक दिखला जा, डान्स के सुपरस्टार्स, डान्स प्लस, डान्स च्याम्पियन्स, इन्डियाज बेस्ट डान्सर, डीआईडी लिटिल मास्टर र डीआईडी सुपर मोम्स जस्ता कार्यक्रमहरूमा निर्णायक भइसकेका छन्। २०१८ र २०२४ को बीचमा, उनले डान्स प्लस, इन्डियाज बेस्ट डान्सर, हिप हप इन्डिया र डान्स प्लस प्रो जस्ता कार्यक्रमहरू होस्ट गरेका छन्।

रेमो आफ्नो प्राइम भिडियो फिल्म ‘बी ह्याप्पी’ को रिलिजको तयारीमा छन्, जसमा अभिषेक बच्चन र इनायत वर्मा मुख्य भूमिकामा छन्। रेमोद्वारा निर्देशित र लिजलद्वारा निर्मित यो फिल्म एकल पिता र उनकी छोरीको कथा हो। फिल्ममा नोरा फतेही, नस्सर, जोनी लिभर र हरलिन सेठीको पनि अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *