आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा एक महिला पक्राउ

डिसी नेपाल
५ कार्तिक २०८१ १३:४१
420
Shares

काठमाडौं। बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *