अर्थमन्त्री पौडेल आज राती अमेरिका प्रस्थान गर्दै

डिसी नेपाल
५ कार्तिक २०८१ १८:१०
168
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन्।

अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *