करण जौहरको धर्मा प्रोडक्सनको ५० प्रतिशत शेयर अदर पूनावालाले किने

डिसी नेपाल
६ कार्तिक २०८१ ११:१२
92
Shares

काठमाडौं । अदर पूनावालाको नेतृत्वमा रहेको सिरिन प्रोडक्सन र चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनबीच साझेदारी भएको छ।

अदर पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् । यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेका छन् ।

एक प्रेस विज्ञप्ति मार्फत धर्मा प्रोडक्सनले अदर पूनावाला नेतृत्वको सिरिन प्रोडक्सनले करण जोहरको धर्मा प्रोडक्सन र धर्माटिक इन्टरटेनमेन्ट (संयुक्त रूपमा धर्मा भनेर चिनिने) मा एक-एक हजार करोड रुपैयाँ लगानी गरेको बताएको छ।

करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीहरू मध्ये एक हो। २,००० करोडको लगानीमा, सिरिन प्रोडक्सनको धर्मा प्रोडक्सनमा अब ५० प्रतिशत हिस्सेदारी छ। जबकि बाँकी ५० प्रतिशत सेयर करण जोहरको रहेको छ ।

कम्पनीको कार्यकारी अध्यक्षको रूपमा, करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन्। प्रमुख कार्यकारी अधिकृतको रुपमा अपूर्व मेहताले काम गर्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *