मल्टिस्टार चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा

डिसी नेपाल
३० साउन २०७६ ११:०७

काठमाडौं। आज बिहीबारबाट नेपाली चलचित्र ‘हजार जुनीसम्म’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ।

दशैं, तिहार, तीज र नयाँवर्ष बाहेक अरु बेला शुक्रबार मात्र नेपाली चलचित्र प्रदर्शन हुँदै आएकोमा ‘हजार जुनीसम्म’ जनै–पूर्णिमाको अवसर पारी बिहीबारबाट प्रदर्शनमा आएको हो।

विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रमा मल्टिस्टार कलाकारहरुको अभिनय छ। आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडयाल्, अनुभव रेग्मी लगायतको चलचित्रमा प्रमुख भूमिका छ। अखिलेष प्रधानले ‘हजार जुनीसम्म’मार्फत नेपाली चलचित्रमा डेब्यू गरेका छन्।

गीतसंगीत र ट्रेलरबाट राम्रो हाइप तयार पारेको चलचित्रलाई दर्शकले माया गर्ने निर्माण टीमको अपेक्षा छ।

विशाल चाम्लिङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन्।

विशाल चाम्लिङको कथा रहेको चलचित्रको पटकथा विकासराज र सामिप्यराज तिमिल्सिनाले तयार पारेका हुन्।

गत जेठमा प्रदर्शनमा आएको ‘जात्रै जात्रा’पछि कुनै पनि नेपाली चलचित्रले राम्रो ब्यापार गर्न सकिरहेका छैनन्। हलमा दर्शकको खडेरी रहेको अवस्थामा ‘हजार जुनीसम्म’ले दर्शक तान्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *