नेपालको प्रतिनिधित्व गरेर सब्बु महर्जनले जितिन् मिस युनाइटेड नेसन्स् ग्लोबल
काठमाडाैं। भारतको नयाँ दिल्लीमा आयोजित बिश्व स्तरीय सौन्दर्य प्रतियोगिता ‘डैजल मिस एंड मिसेज युनाईटेड नेसन्स् २०२४’ मा नेपालबाट सब्बु महर्जनले प्रतिनिधित्व गरेकी थिइन्।
यस प्रतियोगितामा विभिन्न देशहरुबाट सहभागिता जनाइएको थियो।यस्तो प्रतियोगिताको माध्यबाट महिला शक्ति र उनीहरुमा रहेको प्रतिभालाई प्रस्तुत गर्ने अवसर मिल्ने र उनीहरुको आत्मबिश्वासलाई अझ बढाउने मद्दत मिल्नेछ।

सेप्टेम्बर २४ देखि २९ सम्म आयोजना गरिएको उक्त प्रतियोगिता ६ दिनसम्म चलेकोमा ट्रेनिङ र प्रतियोगीहरुको स्वास्थ्य जागरुकताको सेसनहरु पनि आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा सब्बु महर्जनले ‘मिस युनाइटेड नेसन्स् ग्लोबल २०२४’को उपाधी जित्न सफल भइन् र ताज पनि पहिरिन् ।
यसरी हाम्रो देशको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल बनिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment