इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम ठप्प !
काठमाडौं । इजरायलले शनिबार इरानमाथि ठूलो हमला गरेको छ । इजरायली सेनाले इरानी सैन्य अड्डाहरूलाई निशाना बनाएर ध्वस्त गरेको बताएको छ। इजरायली हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादन इकाई पूर्ण रूपमा ध्वस्त पारेको छ, जुन इरानका लागि ठूलो झट्का हो।
एक्सियसले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै शनिबार यो जानकारी दिएको हो । रिपोर्टका अनुसार शनिबार बिहान इरान विरुद्ध इजरायली आक्रमणले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको एक महत्वपूर्ण इकाईलाई पूर्ण रूपमा ध्वस्त पारेको छ।
इजरायली स्रोतहरूले आउटलेटलाई बताएअनुसार इजरायलले लामो दूरीको ब्यालिस्टिक मिसाइलहरूको लागि ठोस ईन्धन उत्पादन गर्न प्रयोग हुने १२ ‘प्लेनेटरी मिक्सरहरू’ नष्ट गरेको छ, जुन इरानको मिसाइल शस्त्रागारको ठूलो हिस्सा हो।
यी मिक्सरहरू धेरै उन्नत उपकरण हुन् जुन इरानले आफैं बनाउँदैन । यिनीहरू चीनबाट खरिद गरिन्छ। यी औद्योगिक मिक्सरहरू उत्पादन र निर्यात गर्न धेरै गाह्रो छ। इरानले पछिल्ला केही वर्षहरूमा ठूलो मूल्यमा धेरै मिक्सरहरू आयात गरेको छ। इजरायलले आफ्नो स्ट्राइक ‘लक्षित र सटीक’ भएको र यसको उद्देश्य हासिल भएको बताएको छ।
रिपोर्टका अनुसार इरानको क्षेप्यास्त्र भण्डारको नवीकरण गर्ने क्षमतालाई यी आक्रमणबाट गम्भीर रूपमा क्षति पुगेको छ। इजरायली हमलाले इरानको क्षेप्यास्त्र उत्पादन क्षमतालाई नष्ट गरेको एक वरिष्ठ अमेरिकी अधिकारीले आउटलेटलाई पुष्टि गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment