भावुक मुद्रामा देखिइन् पूर्णिमा लामा, भनिन् पुरानो घाउ बल्झियो

डिसी नेपाल
१२ कार्तिक २०८१ १८:४६
192
Shares

काठमाडौं। गायिका पुर्णिमा लामाको स्वरमा पुरानो घाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन्।

आफूलाई भन्दा बढी माया गरेको प्रेमीले धोका दिएपछि प्रेमीकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन्।

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन्। प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *