सोमबार सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान

डिसी नेपाल
१२ कार्तिक २०८१ २१:०७
368
Shares

पोखरा। सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । सोमबार प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा करिब ८ घण्टा लामो समय बयान लिएको हो।

सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ।

कार्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *