बालुवाटारमा रास्वपाको प्रदर्शन (फोटोफिचर)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गरेकाे छ। रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ।

रास्पवाले अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडि १२ बजेदेखि प्रदर्शन गरेकाे हाे।

यस अघि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भने पनि सशक्त आन्दोलन गर्न अलमल गरेको छ।
सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रुपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ।

यसैबीच प्रहरीले बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई पक्राउ गरेको छ।

रास्वपाले आज पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ। बालुवाटारस्थित नेपाल हाउसमा भेला भएका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको छ भने केहि कार्यकर्तालाई पक्राउ गरेको सांसद गणेश पराजुलीले जानकारी दिएका छन्।
सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ।

रास्वपाले आजको प्रदर्शनमा नारा बाहेक गीत, कविता, ब्यंग्य प्रस्तुत गर्ने तयारी गरेपनि प्रहरीले हस्तक्षेप गरेपछि अब कार्यक्रम कसरी हुन्छ भन्ने स्पष्ट भएको छैन । रास्वपाले आज १२ बजेदेखि साढे २ बजेसम्म प्रदर्शन हुने जनाएको थियो।









डिसी नेपाल







Facebook Comment