अमेरिकाले गाजामा इजरायलको पछिल्लो आक्रमणलाई ‘भयानक’ भन्यो

डिसी नेपाल
१४ कार्तिक २०८१ १४:२३
120
Shares

काठमाडौं । उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हमलालाई लिएर अमेरिकाको प्रतिक्रिया आएको छ ।

अमेरिकाले यसलाई ‘भयानक’ भनेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी कम्तीमा ९३ जनाको मृत्यु भएको वा बेपत्ता भएको बताएको छ ।

राहतकर्मीहरूले पाँच तले भवनलाई निशाना बनाएको बताएका छन्।

इजरायली सेनाले भन्यो, “हामीले आज (मंगलबार) बेत लाहिया क्षेत्रमा सर्वसाधारण मारिएको रिपोर्टहरू देख्यौं।”

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, “यस घटनामा सर्वसाधारणको ज्यान गएको रिपोर्टबाट संयुक्त राज्य अमेरिका चिन्तित छ। यो भयानक घटनाको भयानक परिणाम थियो।”

मिलरले आक्रमणमा दुई दर्जन बालबालिका मारिएको रिपोर्टलाई औंल्याए। उनले भने – हालैको आक्रमणमा सर्वसाधारणको मृत्युले हामीलाई यो युद्ध किन अन्त्य गर्न आवश्यक छ भन्ने स्मरण गराएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा विगत दुई सातादेखि आक्रमण गरिरहेको छ। यहाँ जबलिया, बेत लहिया र बेत हनौन जस्ता सहरलाई लक्षित गरिँदैछ।

इजरायलले उत्तरी गाजामा हमासलाई निशाना बनाएको बताएको छ।

इजरायलले हमासका लडाकुहरूले सर्वसाधारणलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। हमासले यो दाबी अस्वीकार गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *