समीक्षा स्वरवद्ध ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय

डिसी नेपाल
२० कार्तिक २०८१ ११:२२
48
Shares

काठमाडौं। गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन्।

गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ।

‘नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ। फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिनखोजेको छ,’ उनले भने। अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत/संगीतलाई अगाध प्रेम गर्दै आएका छन्।

गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियोमा काठमाडौं उपत्यकाका रमणीय र पर्यटकीय स्थल कैद गरिएका छन्। ढकाल र भट्ट पछिल्लो पुस्ताका चलेका मोडल हुन्।

गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन्। गीतमा कृष्ण बजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ। गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन्।

प्रितम श्रेष्ठको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गीतलाई युट्युव र टिकटकमा निकै रुचाइएको छ। श्रेष्ठले यसअघि पनि थुप्रै कर्णप्रिय गीत प्रस्तुत गरिसकेका छन्। यस पटक उनले नेपाली लोकसंगीतमा सशक्त गीत ल्याएको र उक्त गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको मोडल भट्टले बताए। देश बाहिर रहेर पनि नेपाली गीत/संगीतलाई श्रेष्ठले गरेको माया निकै सम्मान योग्य रहेको उनको भनाइ छ।

श्रेष्ठको शब्द रचना र शान्तिश्री परियारको स्वरमा रहेको एआइबाट गाइएको माथिमाथि माया बग्छ गीतले पनि यसअघि स्रोताको मन जितेको थियो। मायालु पनि उनको रुचाइएको गीतमा पर्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *