आधुनिक गीत ‘लहलहैमा माया’ को म्यूजिक भिडियो बजारमा
काठमाडौं। गीतकार वसन्त योगीको शब्द रचनामा रहेको आधुनिक गीत लहलहैमा मायाको म्यूजिक भिडियो बजारमा आएको छ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य योगीको यो म्यूजिक भिडियोका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्देशन विकास प्रसाईंले गरेका छन्।
डान्सिङ विटमा रहेको यो गीतमा एसडी योगीले स्वर र संगित रहेको छ। म्यूजिक भिडियोमा अस्मिक लम्साल र एलिना थपलियाको अभिनय तथा नृत्य रहेको छ। सेभेन ह्विल्स क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक यो म्यूजिक भिडियोले दर्शकको राम्रो रेस्पोन्स पाएको छ।
गीतकार वसन्त योगीले यसअघि तीज गीत कल्ले खायो दर, आधुनिक गीत रेटेर जीन्दगी, आँखा मेरा रसाई दिन्छ बजारमा ल्याएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment