रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

डिसी नेपाल
२४ कार्तिक २०८१ ९:४७
80
Shares

काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ।

बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय तहको उपनिर्वाचन, पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।

रास्वपाले राजनीतिक प्रतिशोधको आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै जारी राखेको आन्दोलनको विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *