कविता : फेरि आन्दोलन भयो भने

राकेश कार्की
३० असोज २०८३ १३:०२
36
Shares

फेरि आन्दोलन भयो भने

फेरि सडकमा गयो भने

गराउनेले त गर भन्नसक्छन्

गर्ने चाहीँ फेरि मर्न सक्छन्।

 

झूठा भाषण गर्नेहरु गर्छन्

सिधासाधाको दिमाग भर्छन्

आन्दोलन गराउने त नेता  बन्छन्

गर्नेहरू रूँदै रूँदै खाडी लाग्छन्।

 

झुक्याउने नेताको निम्ति किन मर्नु

विचारा मर्नेहरू शहीद भएर के गर्नु

शहीद फर्किन मिल्ने भए प्रश्न गर्थे

खराब नेताको निम्ति किन मर्थे।

 

के के न दिउला झैँगरि फकाउछन्

होला ता नि जस्तो गरि छकाउँछन्

उही खाइरहनेले फेरि खान पाउछन्

आन्दोलन गर्नेलाई अझ दु:ख आउँछन्।

 

अबका युवायुवती मूर्ख छैनन्

चिप्ला मीठाले अहँ झुक्किदैनन्

भ्रष्टचारी घूसखोरीलाई फेल गर्छन्

फट्याइ गर्नेहरु खुरूखुरू जेल पर्छन्।

 

फेरि आन्दोलन भयो भने

फेरि सडकमा गयो भने

गराउनेले त गर भन्नसक्छन्

गर्ने चाहीँ फेरि मर्न सक्छन्।

लस एन्जेलस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *