सांगीतिक लघु चलचित्र ‘महाकाली’ सार्वजनिक
काठमाडौं। साङ्गीतिक लघु चलचित्र ‘महाकाली’ सार्वजनिक भएसँगै यसको भिडियोलाई लिएर चर्चा भइरहेको छ। शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गरेको यस साङ्गीतिकमा श्रीधरको सङ्गीतमा एलिना चौहान र श्रीधर अधिकारीको गायन छ भने सङ्गीत श्रीधरले दिएका छन्।
यसको लेखन, निर्माण तथा अभिनय नव्याश्रीले गरेकी छन्। बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी छन्। लोमश शिवको भूमिकामा देखिएका छन् भने राजकुमार थापा र प्रकाश कँडेलको पनि अभिनय छ।
नव्याश्री भारतको दार्जिलिङकी बासिन्दा हुन्। उनले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि जितेकी थिइन्।
रामजी राउत एसोसिएट निर्देशक रहेको यसमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, मदन कश्यप घिमिरेको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment