‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो?
काठमाडौं। फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्मले रिलिज १० दिन (शनिबारसम्म) मा १७ करोड ९८ लाख ग्रस कमाई गरेको फिल्मको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दिएको छ।
फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिवार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको थियो। त्यसैगरी आइतबार यता पनि फिल्मको कमाई शानदार रहेको छ। फिल्म अहिले पनि देशभर हाउसफूलका साथ चलिरहेको छ।
फिल्मले कैयौं किर्तिमान बनाउने क्रममा देशभरमा एकै दिन ४८० भन्दा बढी शो पाएर नयाँ किर्तिमान बनाएको छ । यस अघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment