‘सुगुरको मासुमा पल्केर दुई’ बोलको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२९ कार्तिक २०८१ ११:५७
128
Shares

काठमाडाैं। पछिल्लो समय लिम्बु जातिको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधि बढीरहेको बेला लिम्बु जातिकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर दुई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पालाम भित्र सृष्टि देखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको लोकगीत ‘सुंगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायांकन गरिएको यो भिडियो जि मिडिया युट्युब च्यानलमा बुधबार सार्वजनिक गरिएको हो।

यसमा दिग्गज कलाकार यासेली योङहाङ, चर्चित मोडल तथा भ्लगर डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल (2024) एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, (हाङ बारे) बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु, आदि रहेका छन् ।

‘सुंगुरको मासुमा पल्केर एक’ को सफलता पश्चात निर्माण गरिएको प्रकाश आङ्बुहाङ (हाङ्बारे) निर्माता रहेका यस भिडियोमा सनम तामाङको छायांकन, दिनेश शाहको सम्पादन रहेको छ भने चर्चित कोरियोग्राफर दिनेश माङ्गमुको कोरियोग्राफी र बिजय मगरको निर्देशन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *