फिरोजले ल्याए ‘यो कस्तो खुशी’

डिसी नेपाल
२९ कार्तिक २०८१ १४:१६
52
Shares

काठमाडौं। नेपाली फिल्म ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएका फिरोज तिमल्सिनाले गायनमा समेत आफूलाई अगाडि बढाईरहेका छन्।

‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा काम गरेका फिरोजले आफ्नो गायन यात्रालाई निरन्तरता दिँदै ‘यो कस्तो खुशी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। फिरोजले स्वर भरेको गीतमा शब्द मिलन पोखरेल र सङ्गीत प्रकाश नेपालीको रहेको छ।

पछिल्लो अध्यनको शिलशिलामा समय संयुक्त राज्य अमेरिकामा रहेका फिरोजले यसगीतमा आफु भन्दा टाढा रहेका प्रेमिल जोडीको कथा प्रस्तुत गरेको बताए।

उनले भने,‘प्रवासमा भएता पनि सङ्गीत प्रतिको लगावलाई छाड्न सकेको छैन। यस गीतलाई तयार गर्दा टाढा रहेर माया गर्ने जोडीलाई कल्पना गरेर सोही भावमा स्वर भरेको थिएँ । यो गीतले टाढिएर पनि मायामा रहेकालाई भावनात्मक रुपमा बलियो हुन् अझै मद्दत गर्छ भन्ने लागेको छ।’

यसको छायांकन अमेरिकाकै कोलोराडो राज्यको रमणीय दृश्यमा गरिएको छ । सार्वजनिक गीतको भिडियोमा ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएकी अभिनेत्री सहारा कार्कीले अभिनय गरेकी छिन् । गीतको भिडियोमा उनलाई मनोज श्रेष्ठले साथ दिएका छन् । गीतको भिडियोलाई फिरोजले अनुप गिरीसँग मिलेर निर्देशन गरेका छन् ।

भिडियोमा सम्पादन, छायांकन र रङ्ग संयोजन पनि निर्देशक गिरीले नै गरेका छन् । यस गीतलाई फिरोजले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *