अनमोल केसी स्टारर फिल्म ‘कृ’ युट्युबमा सार्वजनिक

डिसी नेपाल
३१ साउन २०७६ १८:५२
8
Shares

काठमाडौं। अनमोल केसी र अदिति बुढाथोकी स्टारर चलचित्र ‘कृ’ युट्युबमा सार्वजनिक गरिएको छ।

एक्सन जनारामा बदलाको कथामा निर्माण भएको चलचित्रमा सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन छ। सुवास ईन्टरटेन्मेन्ट प्रोडक्सन र सुपर काजोल फिल्मस्को प्रस्तुतीमा भुवन केसी र सुवास गिरीले चलचित्रको निर्माण गरेका हुन्।

चलचित्रमा अनमोल केसी एक्सन अवतारमा प्रस्तुत छन्। अनमोल र अदितिका साथमा चलचित्रमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा, अमित गिरी लगायत शिर्ष भूमिकामा छन्। चलचित्रमा  पुरुषोत्तम प्रधानको छायांकन छ।

२०७४ सालको माघमा प्रदर्शनमा आएको चलचित्रले प्रदर्शन अघि राम्रो चर्चा पाएपनि प्रदर्शनपछि भने समीक्षकबाट आलोचना खेपेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *